images

२०८३ आश्विन १८ गते

images
images
images

सन्धिखर्क–गोरुसिङ्गे अवरुद्ध सडक खुल्यो

सन्धिखर्क–गोरुसिङ्गे अवरुद्ध सडक खुल्यो

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • अर्घाखाँची । अवरुद्ध सडक खुलेको छ । वर्षाका कारण अवरुद्ध सन्धिखर्क–गोरुसिङ्गे सडक शिवपुर सडक कार्यालय र प्रहरीको सहयोगमा खुलेको हो । शितगंगा नगरपालिका –२ लाहुरे बजारनजिक पहिरो झरेका कारण सडक अवरुद्ध भएको थियो ।

    images
    images

    पहिरोसँगै सडकमा खसेको ठुलो ढुङ्गा हटाएर सडक सुचारू गरिएको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर मल्लले जानकारी दिनुभयो । रातभर परेको झरीसँगै सडक माथिबाट माटो, ढुङ्गा र रूखसहितको पहिरो खसेपछि दुइतर्फी सवारी आवागमन ठप्प भएको थियो । पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको छ । सन्धिखर्क–गोरुसिङ्गे  अर्घाखाँची जिल्लालाई जोड्ने प्रमुख सडकको रूपमा छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend