images

२०८३ आश्विन १८ गते

images
images
images

रोल्पामा पहिरोले सहिद राजमार्ग अवरुद्ध

रोल्पामा पहिरोले सहिद राजमार्ग अवरुद्ध

images
images
शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • काठमाडौं, साउन १७, रोल्पाको परिवर्तन गाउँपालिका–५, सागुरो खोलामा पहिरो खस्दा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

    images
    images

    शनिबार बेलुका करिब ६ः३५ बजे पहिरो खसेपछि घोराही–रुकुम सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ र यात्रुहरू बीचमा अलपत्र परेका छन्।

    हाल पहिरो हटाउने प्रयास जारी रहेको छ। सुरक्षाकर्मी तथा स्थानीयबासीको सहयोगमा सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

    images
    images

    अधिकारीहरूले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा जोखिम युक्त क्षेत्र नजिक नजान आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend