images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • गल्छी रसुवागढी सडकको निरीक्षण पछि निर्माण...

गल्छी रसुवागढी सडकको निरीक्षण पछि निर्माण कार्य तीव्र पार्न दिए मन्त्री दाहालले निर्देशन

गल्छी रसुवागढी सडकको निरीक्षण पछि निर्माण कार्य तीव्र पार्न दिए मन्त्री दाहालले निर्देशन

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको निरीक्षण गरेका छन्।

    images
    images

    मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेको हो। त्यस क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीव्र पार्न निर्देशन दिए। नदीबाट हुने क्षति नियन्त्रणतर्फ पनि ध्यान दिन उनले आग्रह गरे।

    यस्तै उनले चीन तर्फ रोकिएका नेपालीको अवस्था बारे पनि चासो राखेका थिए। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षसँग समन्वय गरी नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए।

    images
    images

    मितेरी पुल निर्माणको कार्य चिनियाँ पक्षले छिटो अघि बढाउने सडक विभागका महानिर्देशक विजय जैसीले बताए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend