images

२०८३ आश्विन १८ गते

images
images
images

बाढीपहिरोले ८ सडक पूर्ण रूपमा अवरूद्ध

बाढीपहिरोले ८ सडक पूर्ण रूपमा अवरूद्ध

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौँ । बाढीपहिरोका कारण देशका विभिन्न ८ स्थानमा सडक पूर्ण रूपमा अवरोध रहेको छ। केही स्थानमा सडक एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले बिहान १० बजे जारी गरेको अद्यावधिक सूचनामा जानकारी दिएको हो।

    images
    images

    प्रहरीका अनुसार संखुवासभामा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यस्तै, रसुवामा नेपाल र चीन नाका जोड्ने पुल तथा सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध छ। लमजुङमा बेसिसहर-मनाङ सडक खण्ड पहिरोका कारण अवरुद्ध छ । गुल्मीको रुद्रवेणी वामी सडक खण्ड र रिडी-वामी सडक खण्ड पूर्णरुपमा अवरुद्ध छ।

    रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण अवरुद्ध छ भने बैतडीको दशरथ चन्द राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend