images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन...

भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह

भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • जाजरकोट  । जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार ठुलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ । जलसतह खतराको तह आसपास पुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ ।मङ्गलबार बिहान प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्र वरपर रहेका नागरिक, किसान, गाईवस्तु पालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

    images
    images

    ‘‘नदीमा पानीको बहाव बढ्दै गएको छ, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउनु अत्यावश्यक छ,’’ सूचनामा भनिएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाको सहयोगमा प्राप्त पछिल्लो तथ्यांक अनुसार जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो । यसकारण घर नजिकै नदी किनारमा गतिविधि नगर्न, गाईवस्तु चराउन नदी किनार नजान र जोखिमयुक्त स्थानमा नबस्न कार्यालयले अपिल गरेको छ ।

    जाजरकोट जिल्लाको तल्लो बगरदेखि छेडा बजारसम्मका सम्पूर्ण प्रहरी युनिटहरूलाई तयारी अवस्थामा राखिएको अधिकारी मंग्रातीले बताउनुभयो । भेरी नदीको आसपासमा रहेका बस्तीहरू र भेरी करिडोर क्षेत्रमा प्रहरी मार्फत सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिएको उहाँको भनाइ छ । प्रशासनले स्थानीय बासिन्दालाई आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्न समेत अनुरोध गरेको छ । साथै, उद्धार तथा राहतका लागिआवश्यक तयारीहरू मिलाइएको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताउनुभयो । नदी आसपासमा रहेको बस्तीहरू विशेषगरी भेरी नगरपालिका, नलगाड क्षेत्रका केही बस्हतीहरूमा सतर्कता बढाइएको उहाँको भनाइ छ । अवस्था थप जटिल भएमा सूचना प्रणालीमार्फत थप जानकारी दिइने उहाँले बताउनुभयो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend