images

२०८३ आश्विन १८ गते

images
images
images

गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • गुल्मी ।  गएरातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ ।कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–१ गरगरेमा सडकमाथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक पुर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल, पर्वत र बाग्लुङसम्म चल्ने सम्पूर्ण गाडी बीच बाटोमै रोकिएका  छन ।

    images
    images

    त्यसैगरी बाढी र पहिरोका कारण रिडी–वामीटक्सार सडक पनि बिहानैदेखि अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका –६ डहरे खोलामा पानीको सतह बढेपछि आज बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।त्यस्तै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको संगम स्थल तल्लो फाँटमा पनि सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी एवम् प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।

    डहरेमा सडक माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्णरुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडीहुँदै बाग्लुङको बुर्तिबाङ्गसम्म आवतजावत गर्ने सबै गाडी बीच बाटोमै अलपत्र परेका छन ।दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मी बडिगाड खोलामा पनि पानीको सतह बढ्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले बर्खाको समयमा खोला तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend