images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारणसभा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारणसभा सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारणसभा सम्पन्न

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको ३१ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम (२१ करोड रुपैयाँ) बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम (१ करोड १० लाख ५२ हजार रुपैयाँ) बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । अब बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । 

    images
    images

    त्यसैगरी सभाले गत आर्थिक वर्ष को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend