images

२०८३ आश्विन १७ गते

images
images
images

माइक्रोसफ्ट हजारौँ कर्मचारी कटौती गर्दै

माइक्रोसफ्ट हजारौँ कर्मचारी कटौती गर्दै

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । माइक्रोसफ्ट कम्पनीले आउँदो बुधबार हजारौँ कर्मचारी कटौती गर्न लागेको छ । यो हालैका महिनामा गरिएको तेस्रो चरणको कटौती भएको सीएनएनले जनाएको छ ।यो कटौतीबाट माइक्रोसफ्टको कुल ४ प्रतिशतभन्दा कम अर्थात् करिब नौ हजार कर्मचारी प्रभावित हुने कम्पनीका प्रवक्ताले जनाएका छन् ।प्रविधिको एक दिग्गज कम्पनी माइक्रोसफ्टले सन् २०२३ मा १० हजार कर्मचारी कटौती गरेको थियो । त्यसपछिकोे यो सबैभन्दा ठूलो कटौती हुने सीएनएनले जनाएको छ ।

    images
    images

    सम्पूर्ण प्रविधिजन्य उद्योगमा जनशक्ति कटौती भइरहेका बेला यो घोषणा गरिएको हो । घोषणापछि पनि माइक्रोसफ्टको स्टक मूल्यमा कुनै परिवर्तन भएको छैन ।कम्पनीले प्रशासनिक तह घटाउँदै र नयाँ प्रविधिको प्रयोगबाट कर्मचारीलाई थप उत्पादक बनाउने कार्य गरिरहेको जनाएको छ । “हामी गतिशील बजारमा कम्पनीलाई सफलताका निम्ति उत्तम स्थानमा राख्न आवश्यक संगठनात्मक परिवर्तन लागु गरिरहेका छौँ,” माइक्रोसफ्टका प्रवक्ताले एक वक्तव्यमा भनेका छन् ।

    माइक्रोसफ्टका सीईओ सत्य नडेलाले कम्पनीको २० देखि ३० प्रतिशत ‘कोड’ एआईद्वारा उत्पन्न भइरहेको र यसको पूर्वाधारमा अर्बौँ डलर लगानी गरिरहेको यो वर्षको सुरुमा बताएका थिए । बुधबारको कटौतीमा एआईले प्रत्यक्ष योगदान गरेको हो वा कुन माइक्रोसफ्ट विभाग प्रभावित हुने भन्ने स्पष्ट छैन ।माइक्रोसफ्टको एक्सबक्सका प्रमुख फिल स्पेन्सरले एक आन्तरिक ‘नोट’ पठाएर यो कर्मचारी कटौतीमा उनको विभागको टिम पनि प्रभावित हुने बताएका छन् ।

    images
    images

    ब्लुमबर्गले यसअघि जुलाईमा गरिने योजनाबद्ध कटौती बिक्री र एक्सबक्स टोलीलक्षित हुने उल्लेख गरेको थियो ।माइक्रोसफ्टले मे महिनामा ३ प्रतिशत अर्थात् करिब सात हजार कर्मचारी कटौती गरेको थियो । त्यसपछि योपटक नौ हजार कर्मचारी कटौती गर्न लागेको हो ।सन् २०२४ को जुलाईसम्म माइक्रोसफ्ट कम्पनीमा दुई लाख २८ हजार कर्मचारी कार्यरत थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend