images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • यामाहा नेपालले मनायो यामाहा ग्लोबलको ७०...

यामाहा नेपालले मनायो यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव

यामाहा नेपालले मनायो यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं  । यामाहा ग्लोबलले  ‘यामाहा डे’ मनाएको छ । प्रत्येक वर्ष जुलाई १ मा  ‘यामाहा डे’ मनाइरहको यमाहा ग्लोबलले यस बर्ष पनि सोही क्रमलाई निरन्तरता दिएको हो । विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ। 

    images
    images

    यस वर्ष, यामाहाले 'Bridging Old and New, Through Kando Actions' भन्ने मूल नारासहित ७० औँ वार्षिकोत्सव मनाएको छ । “नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक बनेको छ, किनकि यसले यामाहाको गौरवशाली इतिहास मात्र होइन, पुस्तौँदेखि नेपाली राइडरहरूसँग गाँसिएको बलियो सम्बन्धलाई पनि सम्मान गरिरहेको छ,” कम्पनीले भनेको छ ।

    यस्तै, यामाहा ब्लुस्ट्रिक्स राइडआउटको समापन पनि एक विशेष सामुदायिक सेवामुलक गतिविधिबाट हुनेछ, जसले समाजप्रति यामाहाको जिम्मेवारीलाई पुनः पुष्टि गर्छ। देशभरिका सबै शोरूमहरूमा केक काट्ने कार्यक्रमका साथसाथै सडक सुरक्षा तालिमहरू पनि आयोजना गरेको कम्पनीले बताएको छ ।

    images
    images

    यामाहा नेपालका सीइओ दीपक अग्रवालले गर्वका साथ भने, “यामाहाले ७० वर्षको गौरवपूर्ण यात्रा पूरा गरिरहँदा नेपालमा यसको यात्रा विश्वासको जगमा आधारित रहँदै इनोभेसनले संचालित विश्वव्यापी भावनाको साहसिक प्रतिबिम्ब बनेको छ। नेपालको विविध भूगोल र पुस्ताहरुका बीच यामाहा केवल मोटरसाइकल होइन, यो स्वतन्त्रता, भरोसा र प्रगतिको प्रतीक बनेको छ।इतिहासको गौरव र भविष्यप्रतिको विश्वासका साथ हामी दुईपाङ्ग्रे सवारी साधनको नयाँ युग निर्माणमा अगाडि बढिरहेका छौं।”

    एमएडब्लू राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल हाल नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डहरूमध्ये एकको रूपमा स्थापित भइसकेको छ। उन्नत जापानी प्रविधि, विश्वसनीय प्रदर्शन र उत्कृष्ट आफ्टर सेल्स सर्भिसका माध्यमबाट यामाहाले पर्फर्मेन्स, स्टाइल र ग्राहक सेवामा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ।नेपालभरका टचपोइन्टहरूमा प्रिमियम अनुभव र दक्ष जनशक्ति विकासमा समर्पित यामाहा, आगामी दिनहरूमा पनि उत्कृष्टता कायम राख्ने प्रतिबद्धतासाथका साथ अघि बढिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend