images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • १४५ प्रतिशतले बढ्यो  आइएमई लाइफको नाफा,...

१४५ प्रतिशतले बढ्यो  आइएमई लाइफको नाफा, यस्तो छ बार्षिक वित्तीय अवस्था

१४५ प्रतिशतले बढ्यो  आइएमई लाइफको नाफा, यस्तो छ बार्षिक वित्तीय अवस्था

images
images
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमाससम्ममा ५ अर्ब  शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १४५.०४ प्रतिशतले वृद्धि भएको हो ।

    त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ७ अर्ब ५ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ४१.५७ प्रतिशतले वृद्धि भएर ९ अर्ब ९९ करोड पुगेको छ ।

    images
    images

    कम्पनीले यस अवधिमा ४ अर्ब ५२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४.४३ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २१ करोड ९० लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ५० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    समिक्षा अवधिमा कम्पनीले ४६ करोड  रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ४२ लाख रुपैयाँ खर्चिएको थियो ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.२९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend