images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति...

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • चितवन : पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ। जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो।

    images
    images

    नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो।बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए।

    नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन्। यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन्। रोकिएका सवारीसाधनलाई बिहान ३ः०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend