images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • एनसेल फाउन्डेसनको फोहोर व्यवस्थापन ह्याकाथन, ‘ईकोलुप’...

एनसेल फाउन्डेसनको फोहोर व्यवस्थापन ह्याकाथन, ‘ईकोलुप’ प्रथम

एनसेल फाउन्डेसनको फोहोर व्यवस्थापन ह्याकाथन, ‘ईकोलुप’ प्रथम

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं : विश्व वातावरण दिवसको अवसरमा एनसेल फाउन्डेसन, खालिसीसी र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजित नेपालको पहिलो राष्ट्रिय फोहोर व्यवस्थापन ह्याकाथन ‘बिन देयर ह्याक्ड द्याट’ तीन उत्कृष्ट टोलीलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।फोहोर व्यवस्थापनमा केन्द्रित यस ह्याकाथनमा ४०० भन्दा बढी आवेदकबाट छानिएका १३ टोलीले प्रविधिमा आधारित नवीन समाधान प्रस्तुत गरे। थापाथली क्याम्पसको टोली ‘ईकोलुप’ ले ‘ट्र्यास डिजिटाइज’ शीर्षकमा समाधान प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्यो।

    images
    images

    यो टोलीले फोहोर वर्गीकरण, ट्र्याकिङ र प्रोत्साहनका लागि डिजिटल प्लेटफर्मको नमुना विकास गरेको छ। टोलीमा नितेश कुमार साह, धर्मेन्द्र सिंह चौधरी, रमेश कठायत र विपिन कुमार मरासिनी थिए।किङ्स कलेज नेपालको टोली ‘फुलस्ट्याक जिरो वेस्ट’ दोस्रो स्थानमा रह्यो भने काठमाडौं विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागको टोली ‘सोर्स कोड’ तेस्रो भयो। उनीहरूले डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीले स्थानीय स्तरका नवीन समाधान आवश्यक रहेको बताउँदै फोहोर व्यवस्थापन वातावरणीय मात्र नभई सामाजिक तथा आर्थिक मुद्दा पनि भएको उल्लेख गरे।

    ह्याकाथनले सहकार्य र सिर्जनशीलता उजागर गर्दै सर्कुलर इनोभेसनतर्फ नेपालको यात्रा प्रारम्भ भएको संकेत गरेको छ। सहभागी टोलीले स्मार्ट फोहोर वर्गीकरण, पुनःप्रयोग, कम्पोस्टिङ र डेटामा आधारित ट्र्याकिङ प्रणालीका नमुना प्रस्तुत गरेका थिए।एनसेल फाउन्डेसन र खालिसीसीका प्रतिनिधिले युवा र नवप्रवर्तनकर्तालाई सशक्त बनाउने उद्देश्य रहेको बताए। विजेता तीन टोलीले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) बाट परामर्श र इन्क्युबेसन सहयोगका साथै पाइलट योजना कार्यान्वयनको अवसर पाउनेछन्।स ह्याकाथनमा चार मुख्य विषयगत क्षेत्रमा प्रस्तुति दिइएको थियो। अन्तिम चरणमा पुगेका टोलीहरूमध्ये ४० प्रतिशतभन्दा बढी महिला नेतृत्व वा सह-नेतृत्वमा थिए।

    images
    images

    कार्यक्रममा निजी क्षेत्र, सरकारी निकाय र सिभिक इनोभेटरहरूबीच प्रभावकारी सहकार्य देखियो। गोल्यन समूह सह-आयोजक तथा अन्य विभिन्न संस्था सहयोगी थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend