images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • युएई जाने कामदारका लागि १००० दिराम...

युएई जाने कामदारका लागि १००० दिराम तलब अनिवार्य गरिँदै

युएई जाने कामदारका लागि १००० दिराम तलब अनिवार्य गरिँदै

images
images
शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • काठमाडौँः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारका लागि न्यूनतम तलब निर्धारण गरेको छ । मन्त्रालयले युएई जाने कामदारका लागि न्यूनतममा एक हजार दिराम तलब निर्धारण गरेको हो ।

    images
    images

    मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएई स्थित दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्री स्तरीय निर्णय गरिएको जानकारी दिएका छन् ।

    उनले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताएका छन । युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिराम भन्दा कम भए मागपत्र प्रमाणीकरण नहुने बताइएको छ।

    images
    images

    “युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ”, मन्त्री भण्डारीले भने, “तोकिएकोभन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुनेछैन ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend