images

२०८३ आश्विन १७ गते

images
images
images

१० महिनामा व्यापार घाटा १२ खर्ब ५६ अर्ब

१० महिनामा व्यापार घाटा १२ खर्ब ५६ अर्ब

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौँ — चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब  २७ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिमा करिब ७ प्रतिशतले बढी हो ।आर्थिक वर्ष २०८०/८१ को १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।

    images
    images

    चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म १४ खर्ब ७४ अर्ब १८ करोडको वस्तु आयात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिमा १३.११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोडको वस्तु आयात भएको थियो ।

    साउनदेखि वैशाखसम्म निर्यात व्यापार ७३ प्रतिशतले बढेको छ । विभागको तथ्यांकअनुसार १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोडको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधीमाम ७२. ७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend