images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • काठमाडौँ महानगरको सीप मेला: अनलाइन आवेदन...

काठमाडौँ महानगरको सीप मेला: अनलाइन आवेदन दिन सकिने

काठमाडौँ महानगरको सीप मेला: अनलाइन आवेदन दिन सकिने

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्न लागेको सीप मेलामा ४२ पेशाका लागि तालिम उपलब्ध हुने भएको छ । इच्छुकले जेठ ५ गते अर्थात् आजसम्म अनलाइन आवेदन दिन सक्नेछन् । महानगरले यसअघि सूचना प्रविधि समूहमा तय गरिएका पाँच पेशामा सात नयाँ पेशा थप गर्दै १२ पेशा बनाएको छ । हालै थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी, ग्राफिक्स डिजाइन लगायत छन् । पहिलेबाटै डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, एआई र यसको प्रयोग रहेका छन् ।

    images
    images

    त्यस्तै ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा 'विक्स' पेशा थपिएको छ । यससँगै सौन्दर्य समूहमा अब पाँच पेशा भएका छन् ।  अन्य १० समूहका ३४ पेशामा भने क्षेत्रीय विस्तार नगरिएको महानगरले जनाएको छ । पेशागत संख्या ८ थपिएपछि अहिले कुल ४२ पेशामा तालिम सञ्चालन गरिनेछ ।कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले रोजगारदाताको माग अनुसार तालिम पेशा र कक्षा थप गरिएको जानकारी दिए । अनलाइन आवेदन प्रक्रिया र सहायता कक्ष तालिममा सहभागी हुन चाहनेले यहाँ क्लिक गरी विवरण भरी फाराम पेश गर्न सक्नेछन् ।

    अनलाइन आवेदन गर्न नसक्नेका लागि आज राष्ट्रिय सभागृहमा सहायता कक्ष स्थापना गरिने समितिका सदस्य विवेक बास्तोलाले जानकारी दिए । हालसम्म ३,५७६ जनाले आवेदन दिइसकेको जनाइएको छ । आवेदकमध्ये सबैभन्दा धेरै माग डिजिटल मार्केटिङ, बारिस्ता, एआई, बेकरी र ब्युटिसियन पेशामा देखिएको छ । महानगरले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखेको हो ।तालिममा काठमाडौँ महानगरभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, तथा सडक पेटीमा व्यवसाय गर्नेहरूलाई प्राथमिकता दिइनेछ । तालिममा १८ देखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउनेछन् । ३० दिनसम्म दैनिक ६ कक्षा गरी १०० घण्टा तालिम दिइनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend