images

२०८३ आश्विन १७ गते

images
images
images

हमास ९ जनाको रिहाइ गर्न तयार

हमास ९ जनाको रिहाइ गर्न तयार

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • इजरायलः शनिबार भएको वार्तापछि हमास केही बन्दीलाई रिहा गर्न तयार भएको छ। इजरायली सेनाले गाजामा आक्रमण सुरु गरेको केही समयपछि नै वार्ता सुरु भएको थियो।

    images
    images

    प्यालेस्टाइनले दिएको जानकारी अनुसार हमास ६० दिनको युद्ध विराम र जेलमा रहेका केहीलाई छाड्ने बदलामा ९ जनाको रिहाइ गर्न तयार भएको हो ।

    त्यसैगरी दैनिक चार सय ट्रक राहत त्यस स्थानमा जान दिने र घाइतेको उपचार लगायत विषयमा पनि छलफल हुनेछ। इजरायलले भने अहिले बन्दी भएका सम्पूर्णको विवरण माग गरेको छ। उनीहरू जीवित रहेको या नरहेको भन्ने जानकार पनि इजरायलले मागेको छ।

    images
    images

    इजरायलले वार्ता आफ्नो प्राथमिकता भए पनि तत्कालका लागि सबै सेना फिर्ता हुने तथा युद्ध अन्त्य गर्ने सम्भावना कम रहेको जनाएको छ। इजरायली सेनाले शनिबार बिहान ‘अपरेसन गाइडियोन चारिटोस’ सुरु गरेको थियो। यो अपरेसनका कारण अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ।

    १८ मार्चमा युद्ध विराम भङ्ग भएपछिको दुई महिनामा इजरायलले गरेको आक्रमणमा एक हजारको ज्यान गइसकेको छ। गएको १० सातादेखि इजरायलले राहत वितरणमा अवरोध गरेपछि त्यहाँको अवस्था अझ धेरै खराब भएको छ।

    यो महिनाको सुरुमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा आक्रमण गरेर त्यहाँका प्यालेस्टाइनीलाई दक्षिणतर्फ लखेट्ने र हमासलाई पूर्ण रूपले नास गर्ने बताएका थिए। त्यहाँ बसोबास गर्नेले लगातार भएका आक्रमणले अवस्था त्रासदीय भएको बताउँदै राहत वितरणमा भएको अवरोधले २१ लाख कुपोषणको सिकार भएको जनाएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend