images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • हावाहुरीका कारण अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै...

हावाहुरीका कारण अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारे

हावाहुरीका कारण अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारे

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौंः हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छ भने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन्।

    images
    images

    विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन्। अहिले आन्तरिक उडान प्रभावित भएको छ। पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन्। काठमाडौँबाट पश्चिमतर्फ उडेका विमान काठमाडौँ नै डाइभर्ट भएका छन , प्रवक्ता शेर्पाले भने। 

    उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन्। श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौँ उडेको विमान विराटनगरै फर्किएको छ। यती एयरलाइन्सको विराटनगर–काठमाडौँ उडानका दुई विमान डाइभर्ट भएका छन्। भद्रपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ। बुद्ध एयरको काठमाडौँबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौँ नै फर्किएको छ।

    images
    images

    त्यसैगरी काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्किएको छ। श्री एयरलाइन्सकै काठमाडौँ भैरहवा उडानको विमान पनि काठमाडौँ फर्किएको छ। सोही एयरलाइन्सको काठमाडौँबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौँ फर्किएका छन्।

    बुद्ध एयरको काठमाडौँ–नेपालगञ्ज उडानको विमान पनि काठमाडौँ फर्किएको छ। काठमाडौँमा आज अपरान्ह देखि मौसम बदली भई हावाहुरी सहित वर्षा भएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend