images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • दूरसञ्चार सेवा प्रदायकहरूबाट झन्डै १२ अर्ब...

दूरसञ्चार सेवा प्रदायकहरूबाट झन्डै १२ अर्ब उठाउनुपर्ने महालेखाको ठहर

दूरसञ्चार सेवा प्रदायकहरूबाट झन्डै १२ अर्ब उठाउनुपर्ने महालेखाको ठहर

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले रोयल्टी, जरिबाना र नवीकरण शुल्कलगायत गरी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूबाट झन्डै १२ अर्ब रुपैयाँ उठाउनुपर्ने ठहर गरेको छ । बुधबार सार्वजनिक भएको ६२औँ वार्षिक प्रतिवेदनअनुसार विभिन्न कम्पनीहरूबाट सरकारले ११ अर्ब ६४ करोड बढी रुपैयाँ उठाउनुपर्ने देखिएको छ । महालेखाको यस प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणमा आधारित छ ।

    images
    images

    दूरसञ्चार नियमावली २०५४ मा अनुमतिप्राप्त व्यक्तिले कुल वार्षिक आम्दानीको चार प्रतिशतले हुने रकम प्रत्येक वर्ष रोयल्टीको रूपमा बुझाउनुपर्ने व्यवस्था छ । विभिन्न नौ ओटा दूरसञ्चार सेवा प्रदायक संस्थाको गत वर्ष अर्थात् आर्थिक वर्ष २०७९/८० को आय बुझाउनुपर्ने रोयल्टी र जरिबानासमेत १३ करोड सात लाख, सात ओटा सेवा प्रदायकले ग्राहकसँग मर्मत तथा विभिन्न शुल्कवापत प्राप्त गरेको आम्दानीको रोयल्टी र जरिबानासमेत एक करोड ४२ लाख ५४ हजार छुट भएको देखिएकोले उक्त रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै दूरसञ्चार नियमावली, २०५४ को नियम ३१ बमोजिम रेडियो फ्रिक्वेन्सी दस्तुर प्रत्येक वर्ष समाप्त भएको ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने, न्यूनतम फ्रिक्वेन्सीबाहेक थप फ्रिक्वेन्सी, अधिकतम फ्रिक्वेन्सी र भिस्याटको दस्तुर प्रत्येक आर्थिक वर्षको लागि सो आर्थिक वर्ष सुरु भएको तीन महिनाभित्र अग्रिम भुक्तानी गर्नुपर्ने र नगरेमा बाँकी दस्तुरमा थप दस्तुरसमेत लाग्ने व्यवस्था छ ।आर्थिक वर्ष २०८०/८१ मा एक सेवा प्रदायकले बुझाउनुपर्ने फ्रिक्वेन्सी तथा भिस्याट दस्तुरबापत २४ करोड ३४ लाख दाखिला गर्न बाँकी देखिएकोले असुल गर्नुपर्ने पनि महालेखाको ठहर छ ।

    images
    images

    त्यसैगरी, थप दस्तुर दूरसञ्चार नियमावली, २०५४ को नियम (१२) मा अनुमतिपत्र नवीकरण गर्दा कबुल गरेको नवीकरण दस्तुर बुझाई दूरसञ्चार प्राधिकरणसमक्ष निवेदन दिनुपर्ने व्यवस्था छ । समयभित्र नवीकरण नगरेमा थप दस्तुरसमेत लिई अनुमतिपत्र नवीकरण गर्न सकिने व्यवस्था छ ।दूरसञ्चार सेवा सञ्चालन गर्ने एक कम्पनीको दोस्रो पटकको नवीकरणको म्याद २०७६ सालको वैशाख २५ गते सकिने र सो अवधिको तीन महिना अगावै २०७५ सालको माघ २५ गतेसम्म नवीकरण दस्तुरवापतको २० अर्ब भुक्तानी गरी नवीकरणको लागि निवेदन दिनुपर्नेमा जम्मा १८ अर्ब ९० करोड समयमै बुझाएको पाइएको छ ।

    बाँकी एक अर्ब १० करोड २०७६ वैशाख २५ गते मात्र दाखिला भएको थियो । समयमा दाखिला नगरेकोले १५ प्रतिशतले हुने थप दस्तुर दुई अर्ब ९७ करोड १६ लाख ५० हजार असुल गर्नुपर्ने महालेखाको ठहर छ ।यस्तै, एक निजी क्षेत्रको कम्पनीले २०६१ सालको माघ १६ गते १० वर्षको लागि अनुमतिपत्र प्राप्त गरेकोमा तेस्रो पटक ५ वर्षको लागि नवीकरण गर्न २०८१ सालको जेठ १५ गतेसम्म २० अर्ब बुझाउनुपर्नेमा ६ अर्ब ४० करोडमात्र बुझाएको देखिएकोले बाँकी १३ अर्ब ६० करोडको १५ प्रतिशतले हुने थप दस्तुर दुई अर्ब चार करोड असुल हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।समग्रमा यी दुई कम्पनीबाट पाँच अर्ब एक करोड १६ लाख ५० हजार असुल गर्नुपर्ने देखिएको छ ।

    यस्तै, युनिफाइड लाइसेन्स दस्तुर दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँट तथा मूल्यसम्बन्धी नीति, २०७३ को दफा ११ मा आधारभूत टेलिफोन सेवाको नवीकरण दस्तुरसम्बन्धी व्यवस्था गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेपछि १० वर्षको लागि सेवा प्रदायकले अनुमतिपत्र प्राप्त गरेको वर्षदेखि नै तोकिएको रकम भुक्तानी गर्नुपर्ने उल्लेख छ ।उक्त प्रावधानअन्तर्गत अनुमतिपत्र लिएका सेवा प्रदायकले २०८०/८१ सम्ममा दाखिला गर्नुपर्नेमा नगरेकोले ३ अर्ब ४० करोड असुल गर्नुपर्ने पनि महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनमा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend