images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि...

आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार

आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौँ । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित औषधि बिक्री नभएको गुनासोसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँगको छलफल गरेर समस्या समाधानका लागि पहल भएकै दिन स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको छ ।विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो ।

    images
    images

    महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले नियमअनुसार खरिद सम्झौता प्रक्रिया अघि बढ्ने बताए । मंगलबार मन्त्रालयमा वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरूबिच छलफल भएको थियो । मन्त्री पौडेलले आवश्यक औषधी नियमअनुसार मन्त्रालयले खरिदका लागि सकारात्मक भएको भन्दै प्रक्रिया अघि बढाउने बताएका थिए । उनले स्वास्थ्य संस्थामा आवश्यक भनेर सरकारले तोकेका औषधि समेत तीनै तहमा पुग्ने गरी खरिदका लागि समेत सकारात्मक रहेको बताएका थिए ।

    लिमिटेडको औषधि बिक्रीमा देखिएका समस्या समाधानका लागि मन्त्रालयमा भएको छलफलका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा लिमिटेडका अधिकारी रहने गरी समस्या समाधान समिति बनाउने समझदारी भएको थियो ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend