images

२०८३ आश्विन १७ गते

images
images
images

गणपति लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

गणपति लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीको खुद नाफा १७१.७१ प्रतिशतले बढेर २ करोड ३३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८५ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

    images
    images

    नाफाको वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि १२ रुपैयाँ ९६ पैसाले बढेर २० रुपैयाँ ५१ पैसा पुगेको छ। सो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ८० पैसा रहेको छ।

    आर्थिक सुधारको पछाडि खुद ब्याज आम्दानी र सञ्चालन नाफाको उल्लेखनीय वृद्धि मुख्य कारण हो। एक वर्षको अवधिमा खुद ब्याज आम्दानी ५४।१८ प्रतिशतले बढेर १२ करोड १ लाख ११ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७ करोड ७९ लाख ८ हजार रुपैयाँ थियो।

    images
    images

    त्यस्तै, सञ्चालन नाफा पनि १७१.७३ प्रतिशतले वृद्धि भई ३ करोड ३३ लाख रुपैयाँ पुगेको छ। चैत मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend