images

२०८३ आश्विन १७ गते

images
images
images

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • वीरगञ्ज । वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ ।चालु आर्थिक वर्षमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ३७ करोड ३३ लाख मात्र उठेकाले अभियान थालिएको हो ।

    images
    images

    वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज कर्णलगायत पदाधिकारी सम्मिलित टोलीले गत आइतबारदेखि यहाँका व्यवसायीले व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न आनाकानी गरेकाले अभियान थालिएको जनाइएको छ ।

    राजस्व महाशाखा प्रमुख कर्णले भने, ‘‘दैनिक १३० वटा पसलको अनुगमन गरिरहेका छौँ । औसतमा ८० प्रतिशतभन्दा धेरै पसलले कर नतिरेको भेटिएको छ । हामीले सातदिने सूचना दिएर कर तिर्न आह्वान गरेका छौँ ।”महानगरको टोली अनुगमनमा आएपछि मीनाबजार, घण्टाघर चोक, लिङ्करोडलगायत स्थानका व्यापारी तथा व्यवसायी सटर बन्द गरेर भागेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend