काठमाडौँ। नेपाली बजारमा आइतबारको पहिलो कारोबार दिन आज सुनको मुल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन १ लाख ३७ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।




.gif)





