images

२०८३ आश्विन १७ गते

images
images
images

सामान्य बन्दै वीरगञ्जको जनजीवन

सामान्य बन्दै वीरगञ्जको जनजीवन

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • पर्साको वीरगञ्ज महानगर क्षेत्रमा हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीचको विवादले गत शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ । वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्‌भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो । 

    images
    images

    बुधबारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक संघसंस्था, वीरगञ्ज उद्योग वाणिज्य संघलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगञ्जमा सामाजिक सद्‌भाव कायम गर्न अनुरोध भएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताए । उनले शान्ति सुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गरेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

    वीरगञ्जलाई गत ३० चैतअघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उनले गत सोमबारदेखि जुलुस, प्रदर्शनलगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध शीघ्र हटाइने जानकारी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend