images

२०८३ आश्विन १७ गते

images
images
images

कर्फ्युले वीरगञ्ज सुनसान,प्रजिअले बोलाए सर्वदलीय बैठक

कर्फ्युले वीरगञ्ज सुनसान,प्रजिअले बोलाए सर्वदलीय बैठक

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । पर्सामा दुई पक्षबीच झडप भएपछि लगाइएको कर्फ्युका कारण आइतबार बिहान वीरगञ्ज सुनसान देखिएको छ । हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्षबीच झडपमा भएको थियो । 

    images
    images

    दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले शनिबार बेलुकी ६:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु लगाएको हो । अहिले पनि कर्फ्यु जारी छ भने सडक तथा चौकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेना पनि परिचालन गरिएको पुष्टि गरेका छन । उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो । पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट सम्म कर्फ्यु आदेश जारी भएको उनले जानकारी दिए । वीरगञ्जको अवस्था हेरेर कर्फ्युको समय थप गर्ने वा नगर्ने निणय लिइने उनले बताए ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend