images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • वैदेशिक शिक्षा तथा भाषा परीक्षामा ग्लोबल...

वैदेशिक शिक्षा तथा भाषा परीक्षामा ग्लोबल आईएमई बैंकको छुट

वैदेशिक शिक्षा तथा भाषा परीक्षामा ग्लोबल आईएमई बैंकको छुट

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

    images
    images

    बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुको शैक्षिक शुल्क, बिमा शुल्क लगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ । यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ ।

    अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरूले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पूरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend