images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • सडक सञ्चालनको १६ वर्षपछि रुम्टाखोलामा पुल...

सडक सञ्चालनको १६ वर्षपछि रुम्टाखोलामा पुल निर्माण सुरु

सडक सञ्चालनको १६ वर्षपछि रुम्टाखोलामा पुल निर्माण सुरु

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं।बागलुङ र गुल्मी जोड्ने कुस्मिशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टाखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । विसं २०६५ मा सडक निर्माण भई यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका–९ र १० को सीमा क्षेत्रमा पर्ने रुम्टाखोलामा पुल निर्माण हुन सकेको थिएन, जस कारण बर्खाको समयमा यातायात ठप्प हुन्थे । सडक खुलेको १६ वर्षपछि गत वर्षदेखि यहाँ पुल निर्माण सुरु भएको हो ।

    images
    images

    पूर्वाधार विकास कार्यालय बागलुङले गत वैशाख ११ गते सूर्योदय कन्स्ट्रक्सन पर्वतसँग निर्माण सम्झौता गरेर विसं २०८३ वैशाख १० सम्म सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको कार्यालयका सूचना अधिकारी दिपेश रिगलले जानकारी दिए । उनका अनुसार छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा निर्माण गर्न थालिएको हो । 

    हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माण कम्पनीले यही गतिमा काम गरे सम्झौता मितिअगावै काम सम्पन्न हुने कार्यालय प्रमुख सक्ने रिगलले बताए । रुम्टाखोलामा पुल बनेपछि जैमिनीसहित बरेङ गाउँपालिका र गुल्मीका हजारौँ नागरिकले सहज रूपमा यात्रा गर्न पाउने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए ।

    images
    images

    दुई जिल्ला जोड्ने प्रमुख सडक भए पनि रुम्टाखोलामा बर्खाका समयमा वर्षौदेखि सास्ती खेप्नुपरेको र अब चाँडै यो समस्या समाधान हुने उनले बताए । पुल निर्माणपछि स्थानीय उत्पादनको बजारीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको उपप्रमुख शर्माको भनाइ छ ।

    “यहाँ पुल बनाउनका निम्ति हामीहरूले धेरै मेहनत गर्‍यौँ, अहिले बल्ल पुल निर्माण सुरु भएको छ । यहाँ पुल नबन्दा बर्खाको समयको यात्रा निकै कष्टकर हुने गर्थ्यो, महिनौँ दिन गाडी बन्द हुने अवस्था थियो । पुल निर्माणपछि यो समस्या सदाका लागि अन्त्य हुनेछ”, उनले भने । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend