images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एसियाले ५ अर्बको ‘अग्राधिकार सेयर’...

एनआईसी एसियाले ५ अर्बको ‘अग्राधिकार सेयर’ जारी गर्ने

एनआईसी एसियाले ५ अर्बको ‘अग्राधिकार सेयर’ जारी गर्ने

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं ।  एनआईसी एसिया बैंकले आफ्नो २७औं वार्षिक साधारण सभा (एजीए)  फागुन २२ गते गर्ने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट आयोजना गर्ने तय गरेको हो। साधारण सभामा बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ५ अर्ब रुपैयाँ बराबरका अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। 

    images
    images

    यसका साथै, बैंकले आफ्नो अधिकृत पुँजीलाई १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि राख्नेछ। साधारण सभाले बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, नियमनकारी निकायका निर्देशन तथा सुझावलाई समेट्दै अग्राधिकार सेयर जारी गर्ने सम्बन्धमा आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ। साधारण सभाले आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने छ।

    साथै, २०८१\८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ। बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ८ गतेदेखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा, फागुन ८ गतेभन्दा अगाडि कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend