images

२०८३ आश्विन १७ गते

images
images
images

बुल्दी खोलामा पुल निर्माण ९ महिनामा ७५ प्रतिशत प्रगति

बुल्दी खोलामा पुल निर्माण ९ महिनामा ७५ प्रतिशत प्रगति

images
images
शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • काठमाडौँ, २० पुसः जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ ।

    images
    images

    निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक प्रगति गरेको हो । आगामी भदौ २२ गते भित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी सँग सम्झौता भए पनि समय भन्दा अघि नै पुल निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाले जनाएको छ । सम्झौता मिति भन्दा ६ महिना अगावै फागुन सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यास नगरपालिका योजना शाखा अधिकृत तिवारीले बताउनु भयो ।

    पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजना अन्तर्गत रु  छ करोड ११ लाख तीन सय २४ बजेट विनियोजन भएको थियो । कम्पनीले निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । उहाँका अनुसार यस पुलको २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ ।

    images
    images

    हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट (पाइप राखेर बनाइएको अस्थायी संरचना) सवारी साधान आवत जावत हुँदै आएको थियो ।  पुल बने पछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेलले जानकारी दिनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend