images

२०८३ आश्विन १७ गते

images
images
images

अग्लुङफेदीमा पक्की पुल निर्माण सुरु

अग्लुङफेदीमा पक्की पुल निर्माण सुरु

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • प्यूठान । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङफेदी खोलामा दुई लेनको मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ । 

    images
    images

    प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिका वासीको सहजता सँगै बाग्दुला भीमगिठे सडकखण्डमा पुल निर्माण सुरु गरिएको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए ।

    उनका अनुसार सडक पूर्वाधार विकास कार्यालय सँग एम।एस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीले २०८१ मङ्सिर ८ गते निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको हो ।

    images
    images

    चार करोड १४ लाख २९ हजार नौ सय ७९ मा पुल निर्माण हुनेछ । पुलको फाउण्डेशन तयार गरी शुक्रबार शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । 

    मन्त्री ढकालले तोकिएकै समयमा कार्य सम्पन्न गर्न निर्देशन दिए । सरकारले देखिने र महसुस हुनेगरी विकास निर्माणको काम अघि बढाएको उनले बताए ।

    सहकारीमन्त्री पन्थीले विकट बस्तीलाई विकासको मूलधारमा ल्याउन सरकारले प्राथमिकतामा राखेको बताए। पक्की पुलको शिलान्यास भए सँगै प्यूठानको गौमुखी र गुल्मीको अग्लुङफेदी बासिन्दामा खुसी छाएको छ । 

    निर्माण व्यवसायी विजय खनालले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समय भन्दा अगाडि नै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।रासस 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend