images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • देवानगञ्ज घटनापछि सुनसरीका सीडीओसहित सुरक्षा प्रमुख...

देवानगञ्ज घटनापछि सुनसरीका सीडीओसहित सुरक्षा प्रमुख फिर्ता

देवानगञ्ज घटनापछि सुनसरीका सीडीओसहित सुरक्षा प्रमुख फिर्ता

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्तरीय तथा प्रदेशस्तरीय सुरक्षा प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ।गृह मन्त्रालयले सीडीओ घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सुनसरीको जिम्मेवारी दिएको छ।घटनापछि सुरक्षा संयन्त्रमा पनि व्यापक हेरफेर गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाउने निर्णय गरिएको छ।त्यस्तै, सशस्त्र प्रहरी बलका एसपी श्यामकुमार कार्कीलाई प्रधान कार्यालय फिर्ता बोलाएर उनको ठाउँमा एसपी लवकुमार सापकोटालाई पठाइएको छ। सशस्त्र प्रहरी बल कप्तानगञ्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ भने उनको स्थानमा प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ।आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।

    घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।यसैबीच, थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। गृह मन्त्रालयले स्थानीय प्रशासनलाई शान्ति–सुरक्षा कायम राख्न, घटनाको निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend