images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने...

भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ

भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकामा आदिकवि भानुभक्त आचार्य र प्रेरणादायि घाँसी खड्क बहादुर ठाडा मगरको सालिक तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ०७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवर रहेका छन्।गत साउन ०७ गते राती करिब २२:३० बजेको समयमा मध्यनेपाल नगरपालिका वडा नं. ०४ दुईपिप्ले बगैँचा रिस्ति खोलापुल नजिकै रहेको भानु घाँसी संवाद पार्कभित्रका सालिकहरूमा अज्ञात व्यक्तिहरूले तोडफोड गरी क्षति पुर्‍याएका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा खटिएको टोलीले साउन ०८ गते कुँवरलाई पक्राउ गरेको हो।

    images
    images

    जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीका अनुसार पक्राउ परेका कुँवरलाई जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend