images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा...

सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय

सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । आज बिहान ९ बजेदेखि बसेको बैठकमा गृह मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरू सहभागी थिए ।

    images
    images

    छानबिन समितिको नेतृत्व कसले गर्ने भन्ने यकिन भैसकेको छैन । समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहनेछन् । समितिमा सुरक्षा निकाय र ऊर्जा मन्त्रालयका प्रतिनिधि पनि रहने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए ।आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहता छन् । हिन्दु समुदायले मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद सुरु भएको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend