images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • बाणिज्य बैंकहरूको कर्जा र निक्षेपमा उच्च...

बाणिज्य बैंकहरूको कर्जा र निक्षेपमा उच्च वृद्धि, कुन क्षेत्रमा कति ?

बाणिज्य बैंकहरूको कर्जा र निक्षेपमा उच्च वृद्धि, कुन क्षेत्रमा कति ?

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म देशको बैंकिङ प्रणालीमा उल्लेखनीय फेरबदल देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवैतर्फ उत्साहजनक विस्तार भएको छ। समीक्षा अवधिमा बैंकहरूले ७० खर्ब १५ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल ५१ खर्ब ६९ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।प्रवाहित कुल कर्जामध्ये उत्पादनशील क्षेत्रभन्दा १० खर्ब ९८ अर्ब ३० करोड रुपैयाँ सहित उपभोग कर्जाले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। थोक तथा खुद्रा व्यापारमा ९ खर्ब ४९ अर्ब ८७ करोड, गैर–खाद्य उत्पादन उद्योगमा ५ खर्ब ८१ अर्ब २२ करोड, विद्युत्, ग्यास तथा पानीसम्बन्धी आयोजनामा ४ खर्ब ९२ अर्ब ४४ करोड र वित्त, बीमा तथा रियल इस्टेट क्षेत्रमा ३ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ लगानी भएको छ।

    images
    images

    त्यस्तै, कृषि, वन तथा पेय पदार्थ उत्पादनमा ३ खर्ब ३ अर्ब १४ करोड (जसमध्ये कृषि तथा एक्लै वन क्षेत्रमा ३ खर्ब ५६ करोड) कर्जा प्रवाह भएको छ। यसैगरी, निर्माण क्षेत्रमा २ खर्ब ३० अर्ब १८ करोड, होटल तथा रेस्टुरेन्टमा २ खर्ब २८ अर्ब ४३ करोड, यातायात, सञ्चार र सार्वजनिक सेवामा ६८ अर्ब ४२ करोड, तथा धातु र विद्युतीय उपकरण उद्योगमा ७१ अर्ब ८१ करोड रुपैयाँ लगानी भएको छ। अन्य सेवा क्षेत्रमा २ खर्ब ८ अर्ब ८९ करोड, स्थानीय सरकारतर्फ १ अर्ब १८ करोड र अन्य विविध क्षेत्रमा २ खर्ब ३७ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। 

    कर्जाको प्रकृतिका आधारमा हेर्दा १८ खर्ब ७९ अर्ब ६ करोड रुपैयाँ सहित अवधि कर्जा (टर्म लोन) बैंकहरूको सबैभन्दा ठूलो लगानी शीर्षक बनेको छ। त्यसैगरी, कार्यशील पुँजी तथा डिमान्ड लोनमा ८ खर्ब ५४ अर्ब ८६ करोड, क्यास क्रेडिट कर्जामा ५ खर्ब ८६ अर्ब ३३ करोड र अन्य शीर्षकमा ५ खर्ब ६२ अर्ब ४८ करोड रुपैयाँ कर्जा रहेको छ। व्यक्तिगत आवास निर्माण तथा खरिदका लागि ३ खर्ब ६३ अर्ब २४ करोड रुपैयाँ, विपन्न वर्ग कर्जामा २ खर्ब ४३ अर्ब २८ करोड र रियल इस्टेटमा २ खर्ब १९ अर्ब ५३ करोड रुपैयाँ लगानी भएको छ। यसैगरी, मार्जिन प्रकृतिको कर्जा १ खर्ब ३९ अर्ब ७६ करोड, हायर पर्चेज १ खर्ब २७ अर्ब २८ करोड, ओभरड्राफ्ट ९० अर्ब ९१ करोड, आयातसम्बन्धी ९० अर्ब ८७ करोड र बिल्स पर्चेजमा १२ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।यसैगरी,निक्षेपतर्फ बचत खातामा ३३ खर्ब १४ अर्ब ८६ करोड ६८ लाख र मुद्दती निक्षेपमा २५ खर्ब ९१ अर्ब १७ करोड ८८ लाख रुपैयाँ संकलन भएको छ, जसमा ६ देखि १२ महिना अवधिको मुद्दती निक्षेप ८ खर्ब ४४ अर्ब १० करोड रुपैयाँभन्दा बढी रहेको छ। ब्याज नदिइने निक्षेपअन्तर्गत चालु खातामा ४ खर्ब ८३ अर्ब १५ करोड, मार्जिन खातामा ४६ अर्ब २९ करोड र अन्य शीर्षकमा १ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend