काठमाडौं, ६ साउन । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४ हजार ४१४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
संस्थाले एक संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर प्रतिकित्ता न्यूनतम मूल्य ४७५ रुपैयाँ कायम गरी बिक्रीमा ल्याएको जनाएको छ।
यसअघि उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न मिल्ने गरी बिक्री खुला गरिएको थियो। तर, तोकिएको अवधिसम्म कुनै आवेदन नपरेपछि कम्पनीले अब योग्य सर्वसाधारणका लागि पनि आवेदन खुला गरेको हो।
संस्थाका अनुसार शेयर खरिद गर्न इच्छुक व्यक्तिले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार संस्थापक शेयरधनी हुन योग्य रहेको प्रमाण खुल्ने कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।
कम्पनीले इच्छुक लगानीकर्तालाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ।




.gif)





