काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुमन आचार्यले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
बैंकको सञ्चालक समितिको असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका आचार्यले आजदेखि आफ्नो कार्यकाल सुरु गरेका हुन्। बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका आचार्यले विभिन्न वाणिज्य बैंकहरूमा उच्च व्यवस्थापकीय भूमिकामा कार्य गरिसकेका छन्।
बैंकले आचार्यको नेतृत्वले संस्थागत विकास, रणनीतिक योजना, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। साथै, ग्राहक सेवा सुधार, कर्मचारीको मनोबल अभिवृद्धि र सरोकारवालाको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा पनि गरेको छ।
पदभार ग्रहणपछि आचार्यले उत्कृष्ट सेवा प्रवाह, संस्थागत सुदृढीकरण तथा दीर्घकालीन लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन्। बैंकले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा गुणस्तरीय वित्तीय सेवामार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।




.gif)





