बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ९० दिनको अवधिका लागि उक्त रकम बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । पछिल्लो समय बैंकिङ् क्षेत्रमा तरलता थुप्रिने जारी छ । यसैक्रममा केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न ३ महिनाको लागि ५० अर्ब खिच्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी असोज २९ गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।




.gif)



