images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • साउन महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर...

साउन महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति?

साउन महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति?

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं- साउन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेका छन् । १४ ओटा वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने ६ ओटा वाणिज्य बैंकहरूले घटाएका छन् ।व्यक्तिगत मुद्दती निक्षेपमा साउन महिनाको लागि वाणिज्य बैंकहरूको औषत ब्याजदर ४.१७ प्रतिशत रहेको छ । असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औषत ब्याजदर ४.२६ प्रतिशत थियो। संस्थागत मुद्दतीको औषत ब्याजदर ३.१२ प्रतिशत रहेको छ ।ब्याजदर घटाएका बैंकहरुमध्ये सिटिजन्स बैंकले ३.९५ प्रतिशत, कुमारी बैंकले ३.८५ प्रतिशत, एनएमबि बैंकले ४.५० प्रतिशत, ग्लोबल आइएमई बैंकले ४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८५ र राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत ब्याज दिनेछन्।

    images
    images

    त्यस्तै, साउन महिनामा नेपाल बैंकले ४.२५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, सिद्धार्थ बैंक ४.०५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत र एनआईसी एशिया बैंकले ४ ब्याज दिने भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend