images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७औं पटक पायो...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७औं पटक पायो 'ट्रिपल ए' रेटिङ, चुनौतीहरुको सामना गर्न सक्षम

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७औं पटक पायो 'ट्रिपल ए' रेटिङ, चुनौतीहरुको सामना गर्न सक्षम

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको इस्युअर रेटिङ 'इक्राएनपी एएए'  पुनः पुष्टि गरेको छ । बैंकले यही रेटिङ लगातार ७औं पटक पाएको हो । यो रेटिङले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता अत्यन्त उच्च रहेको तथा कर्जा जोखिम न्यून रहेको संकेत गर्छ । इक्रा नेपालका अनुसार २०८२ चैत मसान्तसम्म बैंकको पुँजी पर्याप्तता अनुपात १७.८२ प्रतिशत र टियर–१ पुँजी १६.१४ प्रतिशत रहेको छ । यो नियामकले तोकेको न्यूनतम ११ प्रतिशत र ८.५ प्रतिशतको सीमाभन्दा उल्लेख्य रुपमा माथि हो ।बैंकको सम्पत्ति गुणस्तर पनि बैंकिङ इन्डष्ट्रिजको औसतको तुलनामा निकै बलियो रहेको मूल्यांकन गरिएको छ । चैत मसान्तसम्म बैंकको खराब कर्जा (एनपीएल) १.८१ प्रतिशतमा सीमित रहेको छ, जबकि सोही अवधिमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा ५.४१ प्रतिशत पुगेको थियो । बैंकको ०+ डीपीडी अनुपात पनि करिब ५ प्रतिशतमा सीमित रहेको उल्लेख छ ।

    images
    images

    इक्राले स्ट्यान्डर्ड चार्टर्ड समूहको बलियो प्रवर्द्धन, कडा जोखिम व्यवस्थापन प्रणाली र विवेकपूर्ण कर्जा प्रवाह नीतिलाई बैंकको प्रमुख सबल पक्ष मानेको छ । सन् १९८७ देखि सञ्चालनमा रहेको यस बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत स्वामित्व रहेको छ ।  बैंकको निक्षेप संरचना पनि रेटिङका लागि सकारात्मक पक्ष बनेको छ। चल्ती तथा बचत निक्षेप (कासा), मार्जिन तथा कल निक्षेपको हिस्सा करिब ७९ प्रतिशत पुगेको छ, जुन बैकिङ इन्डष्ट्रिजको  औसतभन्दा उल्लेख्य रुपमा माथि हो ।कारण बैंकले न्यून लागतमा स्रोत परिचालन गर्न सकेको छ। आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा बैंकको निक्षेप लागत २.३१ प्रतिशत मात्र रहेको इक्राले जनाएको छ । नाफाका सूचकहरु पनि सन्तोषजनक रहेको मूल्यांकन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकको आरओए २.०३ प्रतिशत र नेटवर्थमा प्रतिफल १४.२८ प्रतिशत रहेको थियो । गैर–ब्याज आम्दानी, न्यून सञ्चालन खर्च तथा नियन्त्रित प्रोभिजनिङ खर्चले नाफालाई सहयोग गरिरहेको इक्राको भनाइ छ ।

    यद्दपि, बैंकको कर्जा पोर्टफोलियोमा उच्च केन्द्रीकरण रहेको विषयलाई इक्राले प्रमुख चुनौतीका रुपमा औंल्याएको छ । चैत मसान्तसम्म शीर्ष २० ऋणी समूहमा बैंकको कुल कर्जाको करिब ३६ प्रतिशत केन्द्रित रहेको छ । त्यस्तै, शीर्ष २० निक्षेपकर्तामा करिब २३ प्रतिशत निक्षेप केन्द्रित रहेको पनि रिपोर्टमा उल्लेख छ।इक्राले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा, कमजोर कर्जा विस्तार, बारम्बार परिवर्तन भइरहने नियामकीय व्यवस्था तथा ऋणीहरुको तरलता दबाबलाई समग्र उद्योगकै चुनौतीका रुपमा उल्लेख गरेको छ । यद्दपि बलियो पुँजीकरण, उच्च सम्पत्ति गुणस्तर र कम लागतको निक्षेप संरचनाका कारण स्ट्यान्डर्ड चार्टर्ड बैंक यी चुनौतीहरुको सामना गर्न तुलनात्मक रुपमा सक्षम रहेको मूल्यांकन गरिएको छ।हाल स्ट्यान्डर्ड चार्टर्ड बैंकका देशभर १४ शाखा, ४ एक्सटेन्सन काउन्टर र २३ एटीएम सञ्चालनमा छन् । चैत मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेपमा बैंकको बजार हिस्सा २.०७ प्रतिशत तथा कुल कर्जामा १.४९ प्रतिशत रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend