images

२०८३ आश्विन १७ गते

images
images
images

११ महिनामा १३ विकास बैंक नाफामा, गरिमा शीर्ष स्थानमा, ४ बैंक घाटामा

११ महिनामा १३ विकास बैंक नाफामा, गरिमा शीर्ष स्थानमा, ४ बैंक घाटामा

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १३ वटा विकास बैंकले नाफा आर्जन गर्दा ४ वटाले घाटा ब्यहोरेका छन् । यस अवधिमा ३ वटा विकास बैंकले १ अर्ब बढी नाफा आर्जन गर्दा ५० करोड बढी नाफा कमाउनेको संख्या ८ रहेको छ । १ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् । गरिमाले १ अर्ब ३५ करोड, मुक्तिनाथले १ अर्ब २६ करोड र साइन रेसुङ्गाले १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

    images
    images

    समग्रमा यस अवधिमा विकास बैंकहरुका खुद नाफा करिब ७ अर्ब रुपैयाँ रहेको छ। ज्योति विकास बैंकले ८१ करोड, कामना सेवा विकास बैंकले ७५ करोड, साङ्‌ग्रिला डेभलपमेन्ट बैंकले ६० करोड, महालक्ष्मी विकास बैंकले ५४ करोड, लुम्बिनी विकास बैंकले ५२ करोड र एक्सेल डेभलपमेन्ट बैंकले १६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

    त्यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले १२, सप्तकोशी डेभलपमेन्ट बैंकले ६, ग्रीन डेभलपमेन्ट बैंकले ५ र कर्पोरेट डेभलपमेन्ट बैंकले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंकले घाटा ब्यहोरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend