images

२०८३ आश्विन १७ गते

images
images
images

निष्क्रिय बैंक खाता अनलाइनबाट पनि बन्द गर्न सकिने

निष्क्रिय बैंक खाता अनलाइनबाट पनि बन्द गर्न सकिने

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि नचलाएर निष्क्रिय भएका खाता अब अनलाइन या बैंकका जुनसुकै शाखाबाट पनि बन्द गर्न पाइने भएको छ। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ।यसअघि खाता बन्द गर्न ग्राहक खाता खुलेकै शाखामा जानुपर्ने र अनलाइनमार्फत गर्न नसक्ने व्यवस्था छ। यसले ग्राहकलाई अप्ठ्यारो परेको भन्दै राष्ट्र बैंकले खाता बन्दको प्रक्रियालाई सरल बनाउन भनेको हो।‘नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल/वेब एपमार्फतसमेत बैंक तथा वित्तीय संस्थामा रहेका खाता सम्बन्धित संस्थाका ग्राहकले सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘यसरी ग्राहकले उपस्थित भई वा मोबाइल/वेब एपमार्फत ग्राहकले खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात निजले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्नेछ।’

    images
    images

    बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाई आउँदो पुससम्म लागू गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । ‘बैंक तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्क्रिय हुनुपूर्व टेलिफोन, एसएमएस, इमेललगायत माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले निष्क्रिय खाता सक्रिय गराउन कम्तीमा ६ महिना अवधिमा गरिसक्नुपर्नेछ।’ नेपालभरका बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहज रूपमा खाता पुनः सक्रिय गर्न सक्ने व्यवस्था पनि गर्नुपर्नेछ।यसरी ग्राहकले उपस्थित भई खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात खातावालाले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरिदिन पनि राष्ट्र बैंकले भनेको छ। ‘बैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहज रूपमा खाता पुनः सक्रिय गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ।

    बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय भई पुनः सञ्चालन भएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्ने प्रणालीको विकास गर्नुपर्ने, निष्क्रिय खाता, त्यसको प्रयोग गरी हुन सक्ने कारोबार तथा वित्तीय अपराधको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न नियमित रूपमा विभिन्न सामग्री निर्माण गरी प्रसारण गर्न पनि राष्ट्र बैंकले भनेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend