काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र रोयल टुलिप काठमाडौंबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख नरेन्द्र मैनाली र रोयल टुलिप काठमाडौंका तर्फबाट सेल्स एण्ड मार्केटिङ निर्देशक कमल क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।
यस समझदारी अनुसार ग्राहकहरुले उक्त होटलमा खाद्य तथा पेय पदार्थ सेवाहरु उपयोग गर्दा १५ प्रतिशतको आकर्षक छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्न सनेछन् वा नगद भुक्तानीमा समेत उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।उक्त होटलसँगको यस सहकार्यले ग्राहकरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले जनाएको छ ।




.gif)



