images

२०८३ आश्विन १७ गते

images
images
images

रासस तालिम केन्द्र भवन हस्तान्तरण

रासस तालिम केन्द्र भवन हस्तान्तरण

images
images
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • नारायणगढ (चितवन), १५ वैशाख । यहाँको भरतपुर महानगरपालिका–१० मा निर्माण सम्पन्न भएको राष्ट्रिय समाचार समिति (रासस) को तालिम केन्द्र भवन आज हस्तान्तरण गरिएको छ । आज यहाँ सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनका प्रमुख कृष्णकुमार महर्जनले राससका महाप्रबन्धक सन्दीप राईलाई भवनसम्बन्धी कागजात हस्तान्तरण गरे । कार्यक्रममा रासस सञ्चालक समितिका सदस्य डिल्लीराम भट्टराई, रासस चितवन प्रमुख नारायण अधिकारी र आयोजनाका इन्जिनियर सन्तोषकुमार यादवलगायतको उपस्थिति रहेको थियो । 

    images
    images

    त्यस अवसरमा महाप्रबन्धक राईले राज्य र नागरिकबीच सूचना प्रवाहमा राससले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले देशका ७७ जिल्लामा रहेका स्थानीय समाचारदाता र सबै प्रदेशमा रहेका कार्यालय मार्फत राससले दैनिक करिब पाँच सय ५० समाचार सामग्री उत्पादन गर्दै आएको जानकारी दिएका छन। 

    महाप्रबन्धक राईले भरतपुर तालिम केन्द्र भवन समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेकामा आयोजना कार्यालयलाई धन्यवाद व्यक्त गरेका छन ।  उनले भने, “देशको केन्द्र भागमा रहेको चितवनमा राष्ट्रिय तालिम केन्द्र स्थापना हुनु हाम्रो लागि महत्त्वपूर्ण उपलब्धि हो । अब देशभरका राससकर्मी तथा पत्रकारलाई यही केन्द्रमा तालिम दिने योजना छ । यहाँ अन्य सरकारी निकायका तालिमका लागि पनि तालिम केन्द्र उपयोगी हुने विश्वास छ । भवन सञ्चालनका लागि छिट्टै आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ ।”

    images
    images

    कार्यक्रममा आयोजना प्रमुख महर्जनले भवनको संरचनाबारे जानकारी दिँदै ‘बेसमेन्ट’सहित चारतले भवन निर्माण गरिएको र आवश्यक परे भविष्यमा तला थप्न सकिने गरी ‘डिजाइन’ गरिएको बताएका छन ।  उनले भवन तालिम केन्द्रका रूपमा प्रभावकारी रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन । 

    भवनका लागि विसं २०८० जेठ ८ गते ऋषि शक्ति बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिसँग सम्झौता गरी निर्माण सुरु गरिएको थियो । उक्त भवनमा १३ वटा आवासीय कक्ष, स्टुडियो, प्रयोगशाला, तालिम कक्ष, चमेनागृह तथा कार्यालय कक्षलगायत सुविधासम्पन्न पूर्वाधार रहेका छन् । केन्द्रमा एकैपटक ३० जनालाई आवासीय सुविधासहित तालिम दिन सकिने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend