images

२०८३ आश्विन १७ गते

images
images
images

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा सभागृह पुनर्निर्माण गरिने

images
images
सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • गण्डकी, १४ वैशाख । पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ । करिव ४२ वर्षअघि निर्माण भएको सभागृह हाल जीर्ण अवस्थामा पुगेकामा पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा यसको यसको पुनर्निर्माण गर्ने सहमति भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन ।

    images
    images

    पुनर्निर्माणका लागि ‘डिजाइन’ तयार भइसकेको उनले जानकारी दिएका छन । “कुल करिब रु २९ करोड लागतमा सञ्चालन हुने यस योजना अन्तर्गत हालको सभागृहको उत्तरतर्फ दुईपाङ्ग्र्रे सवारीसाधनका लागि पार्किङ, दक्षिणतर्फ शौचालय, हालको बगैँचाको स्थानमा ‘अन्डरग्राउन्ड पार्किङ’ तथा प्रदर्शनीकक्ष निर्माण गरिनेछ,” उनले भने, “दक्षिण–पूर्व भागमा सानो हल र किचेन निर्माण गरिनेछ भने न्युरोडतर्फ भित्र र बाहिर दुवैतर्फबाट प्रयोग गर्न मिल्ने चमेनागृह निर्माण गरिनेछ ।”

    पुनर्निर्माणपश्चात् सभागृहमा कार्यक्रमका लागि ‘ब्यानर’ टाँस्न नपर्ने गरी ‘डिजिटल लिड स्क्रिन’ लगायतको व्यवस्था हुने उल्लेख गर्दैै उनले यसलाई सुविधासम्पन्न बनाउने योजना रहेको बताएका छन ।

    images
    images

    पुनर्निर्माण सम्पन्न भएसँगै विभिन्न सङ्घसंस्था तथा सेवाग्राहीलाई उचित शुल्कमा सुविधासम्पन्न सभा हल उपलब्ध गराउने लक्ष्य राखेको महानगरपालिकाले सभागृहबाट प्राप्त आम्दानी मार्फत यसको सञ्चालन खर्च तथा लगानी व्यवस्थापन गर्ने योजना राखेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend