images

२०८३ आश्विन १७ गते

images
images
images

बीपी राजमार्ग अझै अवरुद्ध

बीपी राजमार्ग अझै अवरुद्ध

images
images
सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौँ, १४ वैशाख । निरन्तर वर्षाका कारण बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। शनिबार र आइतबार परेको भारी वर्षाले सडक मर्मत तथा डाइभर्सन निर्माण कार्य प्रभावित बनेको हो।

    images
    images

    डिभिजन सडक कार्यालय भक्तपुर का अनुसार आइतबार बेलुकासम्म सडक खुलाउने प्रयास भए पनि अपराह्न पुनः वर्षा भएपछि जोखिम बढेकाले काम रोक्नुपरेको थियो।

    कार्यालय प्रमुख सुमन योगेश ले वर्षा रोकिएमा सोमबार बिहानदेखि पुनः काम अघि बढाइने र सकेसम्म छिटो आवागमन सुचारु गराउने जानकारी दिए। आइतबार आठ स्थानमा अस्थायी डाइभर्सन बनाउने योजना रहे पनि चारसयबेँसी क्षेत्रमा काम भइरहँदा पानी परेपछि प्राविधिक समस्या आएको हो।

    images
    images

    रोशी खोला मा आएको बाढीले नमोबुद्धको कटुन्जेदेखि मङ्गलटार खण्डसम्मका विभिन्न आठ स्थानमा करिब चार किलोमिटर सडक क्षति पुगेको छ। चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा र माम्ती क्षेत्रमा सडक संरचना कमजोर बनेको छ।
    यसअघि पनि सोही क्षेत्रमा बाढीले क्षति पुर्‍याएपछि खोलाको किनार हुँदै अस्थायी मार्ग सञ्चालनमा ल्याइएको थियो। तर वर्षायाममा बारम्बार आउने बाढीले सडक सञ्चालनमा चुनौती थप्दै आएको छ।

    सडक अवरुद्ध हुँदा धुलिखेल, काभ्रेभन्ज्याङ र नेपालथोक क्षेत्रमा सवारीसाधन रोकिएका छन्। अलपत्र परेका ६ सयभन्दा बढी यात्रुलाई झोलुङ्गे पुलमार्फत तेमाल गाउँपालिका हुँदै भकुण्डेसम्म उद्धार गरिएको प्रहरीले जनाएको छ।

    उद्धारपछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा यात्रुलाई खाद्य तथा आवश्यक सामग्री उपलब्ध गराइएको छ। स्थायी सडक निर्माण कार्य भइरहे पनि वर्षायामका कारण यातायात सेवा बारम्बार अवरुद्ध हुने समस्या कायम छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend