images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति...

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

images
images
सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • गण्डकी, ३० चैत । कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ७२ प्रशित र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको ३.२८ किलोमिटर उक्त सडकको निर्माण आगामी असारभित्रमा सक्ने लक्ष्य रहेको पोखरा महानगरपालिका सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो ।

    images
    images

    ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको उक्त सडक ठेक्का सम्झौता भएको एक वर्षपछि मात्र निर्माण सुरु भएको थियो । जग्गा विवाद, निर्माण कम्पनीको ढिलासुस्ती आदि कारणले सुरुको चरणमा सडक निर्माण प्रभावित भएको इन्जिनियर गौतमले बताउनुभयो । “छ सय मिटर जति सडकखण्डमा जग्गाको विवादले केही समय निर्माण रोकिएको थियो, अहिले जग्गाको विवाद मिलिसकेको छ, अब निर्माणले थप गति लिनेछ”, उहाँले भन्नुभयो ।

    यसअघि निर्माण कम्पनीले प्रतिबद्धता अनुसार कामलाई गति दिन नसकेपछि स्थानीयस्तरबाट आलोचना हुँदै आएको थियो । विश्व बैंकको आर्थिक सहयोगमा उक्त सडक चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो । रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताउनुभयो । फुट ट्रयाक, साइकल लेन र पार्किङ सहितको नमूना सडक बन्ने उहाँको भनाइ छ । 

    images
    images

    सडक छेउछाउमा बगैँचा, सडकबत्ती लगायत आकर्षक पूर्वाधार निर्माणको काम भइरहेको महानगरले जनाएको छ । सडकमा तीनवटा पुल पनि बन्नेछन् । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरकै गौरवको आयोजनाका रूपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो ।  चार लेनको सडक बनेपछि सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने स्थानीयवासीको विश्वास छ । 

    तालचोक–बेगनास सडक पृथ्वी राजमार्ग सँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने जनाइएको छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ । कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति कार्य छिट्टै सक्नुपर्ने स्थानीयवासीको माग छ ।रासस 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend