काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो ।अर्थ मन्त्रालयको स्रोत सहमतीसँगै सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया सम्पन्न गरी गत मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जे.भीसँग सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ । १ अर्ब ३४ करोडमा ठेक्का लगाएर काम थालिएको सडक डिभिजन चरिकोटका प्रमुख (सिडिई) नारायणदत्त भण्डारीले जानकारी दिए ।
सडक स्तरोन्नति अन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक दुई लेनको बनाइने भण्डारीले जानकारी दिए ।डबल लेनमा स्तरोन्नति गर्न आवश्यक स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ । अहिले पहिरो जोखि क्षेत्रमा आवश्यक ज्ञाविन वाल र प्वाम्टको काम भइरहेको सीडीई भण्डारी बताउनु हुन्छ । भने हालसम्मको भौतिक प्रगति ७ प्रतिशत छ ।यता निर्माणको जिम्मा भएको एमएस एनएस गाल्वा जेभीका सञ्चालक गौरी उप्रेतीले भने निर्माणमा कुनै अवरोध नआए समयमै निर्माण सम्पन्न हुने बताए ।निर्माण कम्पनीले २०८२ मंसिर १ गते ठेक्का सम्झौता गरेर मंसिर २० गतेदेखि साइटमा काम थालिएको उप्रेती बताउँछन् । आहिले स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ ।निर्माण सामग्री र आयोजनामा कुनै अवरोध नभए समयभित्रै निर्माण सक्ने तयारी रहेको उप्रेतीले बताए ।




.gif)



