images

२०८३ आश्विन १७ गते

images
images
images

चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै

चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै

images
images
आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • तुलसीपुर (दाङ), १ चैत । घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि गुर्जेखोलादेखि बेलझुन्डीसम्मका विद्युत् पोल हटाइएको छ । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत पर्ने सोही क्षेत्रमा पोल हटाएर चार लेन सडक निर्माणको कामलाई अघि बढाइएको छ ।

    images
    images

    घोराहीको सर्रादेखि घोराही बजारसम्मको पोल निकाल्ने काम भइरहेको छ । अबको केही समयमा घोराही कार्यक्षेत्रका सबै पोल हटाउनेगरी तयारी थालिएको घोराहीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका साइड इन्चार्ज भुपेन्द्र बाँठाले बताए। 

    “सर्रा क्षेत्रमा फिजिकल भेरिफिकेसन गर्ने कार्य भइरहेको छ, त्यसपछि सर्रादेखि घोराहीसम्मका पोल निकाल्छौँ । घोराहीदेखि बेलझुन्डीसम्म साढे चार सय बढी पोल निकाल्नु पर्नेछ”, उनले भने । 

    images
    images

    साइड इन्चार्ज बाँठाका अनुसार चार लेनअन्तर्गत घोराही विरतणको क्षेत्र तुलसीपुर–१८ को बेलझुन्डीसम्म पर्छ । बेलझुन्डीदेखि तुलसीपुरसम्मको कार्यक्षेत्र भने तुलसीपुर वितरण केन्द्रको पर्छ । तुलसीपुर क्षेत्रमा पनि ३०० भन्दा बढी पोल निकाल्नुपर्ने छ । तुलसीपुर क्षेत्रका पनि अबको केही समयमा निकाल्ने तयारी रहेको छ । उक्त सडकखण्डमा ११ केभी र ३३ केभी लाइन रहेका छन् ।

    त्यसका लागि कार्यालयको आदेश आइसकेको डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले बताए। साथै सडक बीचमा पर्ने ५९ रुख पनि हटाउने प्रक्रिया अघि बढेको छ । ती रुखमा छपान गर्ने (चिह्न लगाउने) काम भइसकेको उहाँले बताए। अबको केही समयमा रुख पनि हटाउने काम हुने प्रमुख विष्टले बताए।

    हाल चार लेनमा पर्खाल निर्माण, कल्भर्ट निर्माण, माटो कटानको काम जारी छ । श्री दिवा–बन्दना भगवती जेभीले सडक स्तरवृद्धिको काम गरिरहेको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भई काम अघि बढेको हो । उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्र हुनेछ भने चौडाइ चार लेनको हुनेछ । बीचमा मेडिएन र दुवैतर्फ दुई–दुई लेनको हुने उहाँले बताए। 

    सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रको काम सुरु हुनेछ । सडक सुधार आयोजना अन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजना अन्तर्गत ठेक्का सम्झौता भएको थियो । तर, निर्माणको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । जसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालका प्रमुख विष्टले बताए। गएको २४ असारमा भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चार लेनको काम हुन लागेको हो ।

    उक्त सडक चार लेन बनाउन यसअघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्दपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयअनुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडक बीचमा पर्ने सेवारखोला, हापुरखोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend