काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी रूपमा बन्द भएको छ। सडकको विभिन्न स्थानमा पहिरो जाँदा तथा ढुङ्गा खस्दा यातायात प्रभावित भएको हो।
जिल्ला प्रहरीका अनुसार सडकखण्ड अन्तर्गत तुईनखोला, नाम्सी खोला र कालीखोला क्षेत्रमा ढुङ्गा खस्दा सडक अवरुद्ध भएको हो।
सडक एकतर्फी बन्द भएपछि उक्त सडकखण्डमा सवारीसाधनको लामो जाम लागेको छ। पहिरो पन्छाउने काम भइरहेको र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ।




.gif)





