images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५...

राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ लगानी गर्दै

राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ लगानी गर्दै

images
images
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि माघ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

    images
    images

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २५ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।यो लगानी ३६६ दिनका लागि हुने बैंकले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend