२६ मंसिर, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँको २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता २५ रुपैयाँका दरले नगद लाभांश पाउने छन् ।
यो लाभांश करसहित हो । नियामक बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले बैंक खातामा नगद लाभांश पाउने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ छ ।




.gif)



